पुणा, माघ ८ । पुणामा सीरम इन्स्टीट्यूट अफ इन्डियाको टर्मिनल- १ को चौथो र पाचौं तल्लामा भीषण आगलागी भएको छ। अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन भारतमा निर्माण गर्ने कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ।
यहि ल्याबमा टीभीबाट बचाउका लागि बीसीजीको खोप बनाउने गरेको बताइन्छ। जनधनको नोक्सानको कुनै खबर अहिले आइसकेको छैन। आगो निभाउनका लागि १० वटा दमकल पुगेका छन्। भवनका कर्मचारीलाई सुरक्षित निकालिएको छ। एजेन्सी
Facebook Comments


























