दाङ,चैत्र २६ । लकडाउनका बेला नक्कली पत्रकार बनेर मोटरसाइकल चलाउने एक जनालाई बुधबार प्रहरीले दाङको तुलसीपुरबाट पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका ६, हात्तीखौवा खण्डमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा तुलसीपुर १७ का २८ वर्षीय मेघराज सुनार बा ८७ प १००६ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका हुन्।
जाँच गर्ने क्रममा उनले पत्रकार हुँ भन्दै फोटोसहितको परिचयपत्र देखाएपछि त्यस सम्बन्धमा बुझ्दा उनले अर्कै व्यक्तिको परिचयपत्र बोकेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























