काठमाडौं, माघ ८ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइमा आज पनि बहस भइरहेको छ। गत आईतवारदेखि संवैधानिक इजलासमा रिट निवेदकहरुले आफ्नो तर्क राखिरहेकाछन्। रिट निवेदकहरुको तर्फबाट हिजो ९ जना अधिवक्ताले बहस गरे।
उनीहरुले प्रतिनिधिसभा विघटनको लागि मन्त्रीपरिषद्ले गरेको सिफारिस बदर गरि संसद पुनःस्थापना हुनुपर्ने माग दोहोर्याएका थिए। हिजो रिट निवेदकको तर्फबाट डाक्टर चन्द्रकान्त ज्ञवाली, कृष्ण प्रसाद भण्डारी, अनिता मान्नधर जोशी, झल विश्वकर्मा, नवराज पाण्डे, सुजन नेपाल, सुरेन्द्र विक्रम केसी, देव बहादुर महत र कञ्चनकृष्ण न्यौपानेले बहस गरेका थिए।
बहसका क्रममा बहसकर्र्ताहरुले पटक पटक एउटै कुरा दोहो¥याएको र विषय केन्द्रीत नभएको भन्दै ईजलासले आईसकेको कुरा नदोहोर्याउन र विषय केन्द्रीत हुन आग्रह गरेको थियो। सुनुवाइको बहस लम्बिँदै गएपछि सर्वोच्चले बहसकर्तालाई आधा घण्टाको समय तोकेको छ। त्यसैगरी हिजोदेखि वकालतनामा पनि थप्न नपाइने भएको छ।


























