मुम्बई, माघ ८ । बलिउड अभिनेता शाहरुख खान हालका दिनमा निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘पठान’को सुटिङमा व्यस्त छन्। यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ। केही दिन अघि मात्र फिल्मको सुटिङ सेटमा निर्देशक सिद्धार्थ र उनको सहायकबीच झगडा भएको खबर बाहिर आएको थियो।
समाचार अनुसार निर्देशक आनन्दले एक सहायकलाई फोनसँगै नराख्न भनेका थिए। तर सहायकले यो कुरालाई मानेनन्। जब सिद्धार्थले सहायकलाई हप्काए, त्यसपछि दुई पक्षबीच विवाद सुरू भएको थियो। माहोल तातिदै गएपछि सिद्धार्थले सहायकमाथि हात उठाए। यसको प्रतिषोधमा सहायक पनि सिद्धार्थमाथि जाइलागे। जसकारण सेटको माहोल बिग्रियो र सुटिङ रोक्नु पर्यो।
यो घटनापछि यशराज फिल्मस्ले ती सहायकलाई कामबाट निकालेको छ। तर घटनालाई लुकाउनका लागि सुटिङका केही सदस्यले यी सबै खबर गलत भएको दाबी गरेका छन्। निर्देशक र अन्य सदस्यबीचको सम्बन्ध सुमधुर रहेको उनीहरुको दाबी छ। एजेन्सी


























