काठमाडौं, माघ ८ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन्। ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ परेका हुन्। उनलाई बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले पक्राउ गरेको हो। उनीमाथि गएको मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोप छ।
प्रहरीका अनुासर हत्या आरोपमा उनी प्रतिवादी हुन्। अहिलेसम्म शिक्षक हत्या आरोपमा अरु कोही पक्राउ नपरेको मोरङ प्रहरीले जनाएको छ। आफ्नो पाटीविरुद्ध सुराकी गरेको भन्दै चन्द समूहले शिक्षक श्रेष्ठको विभत्स हत्या गरेको थियो। विकको साथबाट पोस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
Facebook Comments


























