काठमाडौं, माघ ७ । प्रतितिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएको भन्दै जारी बसहका क्रममा प्रश्न उठाइएको छ। बुधबारको सुनुवाइमा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित पार्ने प्रयास गरिरहेको जिकिर गरे।
‘प्रधानमन्त्रीले क्षेत्राधिकार मिचेर बोल्नुभएको छ। उहाँले अदालतलाई प्रभावित गर्न खोज्नु भएको छ’, बहसका क्रममा उनले भने। ‘प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठाएपछि न्यायाधीश अनिल कुमार सिन्हाले अदालत कसैको प्रभावमा नफस्ने स्पष्ट पारेका थिए।
न्यौपानेको जिकिरपछि सिन्हाले प्रश्न गरे, ‘प्रधानमन्त्रीको बोलीले तपाईं प्रभावित हुनुहुन्छ ? जवाफमा न्यौपानेले ‘म छैन’ भन्ने जबाफ दिए।
त्यसपछि सिन्हाले ‘तपाईं प्रभावित हुनुहुन्न भने हामीपनि प्रभावित हुन्नौं।’ भन्ने जबाफ दिएका थिए।


























