काठमाडौं, माघ ७ । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको छ। नेप्सेका अनुसार ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
महिला सहयात्रा माइक्राफाइनान्स, बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट, नेपाल फाइनान्सलगायत कम्पनीको सेयर मूल्य नौ प्रतिशतले भन्दा बढीले वृद्धि भएको छ। कामना सेवा विकास, विशाल बजार, सिभिल लघुवित्तलगायत कम्पनीको मूल्य भने घटेको छ।
बाह्र उपसूचकमध्ये विकास बैक हाइड्रो, फाइनान्स, निर्जीवन बिमा, माइक्रोफाइनान्स, जीवन बिमा र म्युचुअल फन्डको इन्डेक्स बढेको छ।
Facebook Comments


























