काठमाडौं, माघ ७ । भारतले नेपाललाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ। भारतले १० लाख डोज खोप अनुदानमा दिएको हो।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलले भारतले १० लाख डोज खोप दिएको जानकारी दिए। पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राकोसमेत उपस्थिति रहेको थियो।
मन्त्री त्रिपाठीले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी र शव व्यवस्थापनमा खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। मन्त्री त्रिपाठीकाअनुसार उक्त खोप भोली नै नेपाल आइपुग्नेछ।
Facebook Comments


























