काठमाडौं, माघ ५ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गतेदेखि सुरु भएको बैठक आज पुनः बस्न लागेको हो।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसको विरोध कार्यक्रम गर्दै काँग्रेस केन्द्रीय समिति बैठकमा जुट्दै आएको काँग्रेसले आगामी रणनीतिको विषयमा छलफल गर्न लागेको हो।
कांग्रेसभित्र आन्दोलनको रणनीति र कार्यनीति बनाउनेबारे विवाद छ। कतिपय नेताहरुले सभापति शेरबहादुर देउवाको ढुलमुले चरित्रको कारण आन्दोलन कमजोर भएको र प्रतिगमनका लागि देउवाले ओलीलाई सघाएको आरोप लगाउँदै आएका छन्।
Facebook Comments


























