धनकुटा, माघ ४ । नेकपाका नेता एवम् गृहमन्त्री रामबहादुर थापाले संसद् पुनस्र्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापनातर्फ लाग्नु भएको बताएका छन्।
पार्टीले धनकुटामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तोे बताएका हुन्। गृहमन्त्री थापाले जनताको बीचमा संघिय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद् पुनस्र्थापनाको नारा लिएर हिँड्नेहरु पश्चगामी भएको आरोप समेत लगाए। कार्यक्रम स्थलमा जाने क्रममा नेविसंघका नेता कार्यकर्ताले मन्त्री थापालाई कालो झण्डा समेत देखाएका थिए।
Facebook Comments


























