माघ ३ । घरेलु टिम अष्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो इनिङ्समा शनिबार भारतले खराब सुरुवात गरेको छ। ब्रिसबेनमा जारी टेस्टको दोस्रो दिन भारतले २ विकेट गुमाएर ६२ रन जोडेको छ। वर्षाको कारण चाडै दोस्रो दिनको खेल समाप्ति हुँदा भारतले गतिलो जवाफ फर्काउन सकेन। पहिलो इनिङ्समा भारत ३ सय ७ रनले पछि रहेको छ।
भारतका रोहित शर्माले ४४ रन जोड्दा शुबमन गिल ७ रनमा आउट भए। चेतेश्वर पुजारा ८ र कप्तान अजिंका रहाने २ रनमा अविजित रहेका छन्। अष्ट्रेलियाका पाट कुमिन्स र नाथन लायनले १र१ विकेट लिईसकेका छन्।
यस अघि अष्ट्रेलिया पहिलो इनिङ्समा ३ सय ६९ रन जोड्दा अलआउट भयो। पहिलो दिन अष्ट्रेलियाले पाँच विकेट गुमाएर २ सय ७४ बनाएको थियो। तर, दोस्रो दिन अष्ट्रेलियाले सम्हालिएर खेल्न सकेनन्। अष्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतक बनाए। लाबुसेन १ सय ८ रन बनाएर आउट भए। कप्तान टिम पेनले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा क्यामरुन ग्रिनले ४७ रन बनाए।
यस्तै पूर्व कप्तान स्टिभ स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन जोडे। नाथन लायन २४ रनमा आउट हुँदा मिचेल सतर्क २० रनमा अविजित रहे। भारतका टी-नटराजन र सार्दुल ठाकुरले ३र३ विकेट लिए। दुई टिमबीचको ४ खेलको सिरिज १-१ को बराबरीमा रहेको छ। अन्तिम टेस्ट निर्णायक टेस्टको रुपमा रहेको छ। एजेन्सी


























