काठमाडौं, माघ ३ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले लगातार झुट बोलेको आरोप लगाएका छन्। प्रधानमन्त्रीले एक गल्ती ढाकछोप गर्न पटक पटक झुट बोलेको आरोप लगाए।
नेपाली कांग्रेसले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न ललितपुर पुगेका नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम खड्गप्रसाद ओली नभइ कीर्तेप्रसाद ओली राख्नुपर्ने बताए।
थापाले भने, ‘केपी ओलीको नामको पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो ।’
साथै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि एकपछि अर्को कीर्ते काम गरेको आरोप लगाएका छन्। थापाले प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहलाई हेप्दाहेप्दै संविधानलाई नै हेपेको पनि आरोप लगाए। विरोधसभामा बोल्दै थापाले केपी ओलीलाई यो अवस्थामा ल्याउन प्रचण्ड–नेपाल समूहको पनि भूमिका रहेको दाबी गरे।


























