काठमाडौं, माघ २ । नेपाल र भारतबीच संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु भएको छ। सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन्।
नयाँ दिल्लीको हैदरावाद हाउसमा सो बैठक सुरु भएको हो। भारतको तीन–दिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली हिजो बिहीबार नयाँ दिल्ली पुगेका हुन्। बैठक सुरु हुनुअघि परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच भेटवार्ता भएको थियो। त्यसलगत्तै संयुक्त आयोगको बैठक सुरु भएको हो। दुई मन्त्रीले अध्यक्षता गर्ने सो बैठकमा द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे छलफल हुने कार्यक्रम छ।
Facebook Comments


























