काठमाडौं, माघ २ । त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन्। विनोदले ७२ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै शतक बनाएका हुन्। आजबाट सुरु भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।
आर्मीका लागि हरिकृष्ण झा र राजु रिजालले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिएका थिए। हरिकृष्ण १४ रन बनाएर आउट हुँदा राजुले ४५ रन जोडे। राजुले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे। रोहितकुमार पौडेल दश रन बनाएर पवेलियन फर्किए। भिम सार्कीले १५ रन बनाए। राजेश पुलामीमगरले ३८ रन बनाए।
Facebook Comments


























