काठमाडौं, माघ २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज स्थायी समिति बैठक डाकेको छ। पार्टी कार्यालय पेरिस डाँडामाा बिहान ११ बजेका लागि बैठक बोलाइएको नेकपाका एक स्थायी समिति सदस्यले जानकारी दिएका छन।
बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने ती स्थायी समिति सदस्यले जानकारी दिए। बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका थप कार्यक्रमबारे पनि छलफल गर्ने तयारी गरेको छ। साथै अध्यक्ष माधवकुमार नेपाल बैठकमा पेस गरेको प्रतिवेदनमाथि छलफल हुने जानकारी दिइएको छ।
Facebook Comments


























