काठमाडौं, पुस २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ। सचिवालय बैठक आइतबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।
“आन्दोलनलाई प्रभावकारी बनाउने कार्ययोजना बनाउने, अहिलेको अवस्थाको थप विश्लेषण गर्नेलगायत कार्यसूचीमा छलफल हुनेछ,” उनले भने।
प्रधानमन्त्रीको कदमविरूद्ध विभाजित पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा आन्दोलित छ। प्रचण्ड-नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्।
Facebook Comments


























