मुम्बई, पुस २६ । सन् २०१९ को सबैभन्दा ठूलो हिट चलचित्र ‘वार’पछि ऋतिक रोशन पुनः यस्तै एक्सन चलचित्र ‘फाइटर’मा देखिने भएका छन्। यस चलचित्रमा ऋतिकसँग अभिनेत्री दीपिका पादुकोण पर्दामा जोडीका रुपमा देखिँदै छन्। चलचित्रमा अभिनेता रोशनले एयरफोर्स अफिसरको भूमिका निभाउँदै छन्। दीपिकाको भूमिकाबारे भने गोप्य राखिएको छ। तर, चलचित्रमा दुवैको भूमिका एक्सनले भरिने अनुमान गरिएको छ।
सिद्धार्थ आन्नदको निर्देशन रहने यस चलचित्र २०२१ को डिसेम्बरदेखि छायाँकनमा जाने उल्लेख गरिएको छ। दर्शकहरुले लामो समयदेखि ऋतिक र दीपिकाको सहकार्य हेर्न चाहिरहेकोमा निर्देशक सिद्धार्थले पूरा गरिदिएका छन्। यो चलचित्र २०२२ को ठूलो हिट चलचित्र हुने अनुमान अहिले नै गर्न थालिएको छ। एजेन्सी