पुस २६ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा शनिबार राति वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड चौंथो चरणमा पुगेको हो।
ओल्डट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन स्कट म्याक टोमिनेले निर्णायक गोल गरे। उनले खेलको पाचौं मिनेटमा गरेको गोल युनाईटेडको जितमा निर्णायक बनेको थियो। अर्को प्रिमियर लिग क्लब लेष्टर सिटीले पनि चौंथो चरणमा स्थान बनाएको छ।
लेष्टरले स्टोक सिटीलाई ४-० ले हराएर चौंथो चरणको यात्रा तय गरेको हो। लेष्टरको जितमा जेम्स जस्टिन, मार्क अल्ब्राइटन, आयोजे परेज र हार्भे बर्नेसले एक एक गोल गरे। एजेन्सी
Facebook Comments


























