पुस २६ । इन्डोनेसियाको स्रीविजया एयरको एउटा जहाज जकार्ताबाट उडेको केहीबेरमै शनिबार बेलुकी दुर्घटनामा परेको पुष्टि भएको छ।
जकार्ताबाट इन्डोनेसियाकै पोन्टियानाकका लागि उडेको उक्त जहाज उडेको केही बेरमै दुर्घटनामा परेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।जहाजमा चालक दलका १२ सहित ६२ जना सवार थिए। ५० यात्रुहरुमध्ये ७ जना बालबालिका रहेको जनाइएको छ। एजेन्सी
Facebook Comments


























