काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शनिबार दिउँसो काठमाडौंमा धोती जुलुस निकालिएको छ। नेकपा ओली समूहका कार्यकर्ताहरु सडकमा निस्किएर प्रदर्शन गरेका हुन्।
बोली अलि पिरो हो, केपी ओली रेलमा, भ्रष्टचारी जेलमा, आजलाई होइन भोलिलाई, १० वर्ष ओलीलाई, नेपाली जनता जागौँ, निर्वाचनमा लागौं जस्ता नारासहित पहाड र तराई दुवै क्षेत्रका नागरिकले धोती लगाएर जुलुस निकालेका हुन्।
जुलुसमा सहभागीहरुले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’सहितका अन्य नारा पनि लगाएका थिए। यो जुलुस नेकपा नेता तथा तत्कालीन युवा संघका अध्यक्ष महेश बस्नेतको नेतृत्वमा गरिएको हो।
युवा संघले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेको हो। त्यसपछि यो जुलुस माइती घर मण्डलमा जोडिएर कोणसभामा परिणत हुने बताइएको छ।
Facebook Comments


























