पुस २४ । ओपोले केही समय अगाडी मात्र सार्वजनिक गरेको ओपो ए १२ ३ जीबी र्याम भएको फोनको मूल्य घटाएको छ। पहिले १८ हजार ५ सय ९० रुपैयाँ मूल्य रहेको उक्त फोनमा १ हजार रुपैयाँ कटौतीका साथमा अब कम्पनीले १७ हजार ५ सय ९० रुपैयाँमा उपलब्ध गराएको हो।
नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रङमा उपलब्ध छ। सन् २०२० को अगस्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ।
यसमा ६.२२ इन्चको डिस्प्ले उपलब्ध रहेको छ। ओपो ए१२ ३ जीबीमा रहेका क्यामेराको कुरा गर्दा यसमा डुअल रियर क्यामेरा सेटअप राखिएको छ। यसमा १३ मेगापिक्सेल क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २ मेगापिक्सेल क्षमताको क्यामेरा जडान गरिएको छ।
यी क्यामेरामा टच टू फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधिपनि उपलब्ध गरिएका छन्। फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ। त्यसैगरी, सेल्फीका लागि फोनमा ५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ।
यसमा ८ कोरको मिडियाटेक हेलियो पी ३५ चीपसेट राखिएको छ। फोनमा ३जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको छ। फोनमा रियर माउण्टेड फिंगरप्रिन्ट सेन्सर्स र फेस अनलक फिचर्स लगायत सुविधापनि उपलब्ध छ। यसमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।