पुस २० । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडिनेसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे। रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए। त्यस्तै पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल गरेका थिए। उडिनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए।
यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोले लगातार १५औ सिजनमा आफ्नो क्यारियरमा क्लब र देशका लागि गरी हरेक सिजनमा कम्तिमा २० गोल गरेका छन्। साथै यस सिजनको सिरि ए मा ११ खेलमा १४ गोल गरेका छन्। यो जितपछि युभेन्टसको १४ खेलमा २७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ। त्यस्तै शीर्ष स्थानमा रहेको एसी मिलान भन्दा १० अंकले पछाडि छ। त्यस्तै उडिनेसको भने १४ खेलमा १५ अंकसहित लिगको १३औ स्थानमा छ। एजेन्सी
Facebook Comments


























