पुस १९ । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ। लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा सेल्टा डी भिगोलाई २–० ले पराजित गरेर रियल मड्रिड एथ्लेटिको मड्रिडलाई पछि पारी शीर्ष स्थानमा गएको हो।
रियल मड्रिडको जितमा लुकास भाज्क्वेज तथा मार्को एसेन्सिओले गोल गरेका हुन्। भाज्क्वेजले छैटौँ मिनेटमा गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाए। ५३ औँ मिनेटमा एसेन्सिओले गोल गरि टिमको २–० का सुनिश्चित गरेका हुन्।
जितपछि शीर्ष स्थानको रियल मड्रिडको १७ खेलबाट ३६ अंक भएको छ। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको १४ खेलबाट ३५ अंक छ। शनिबार राति भएका अरु खेलमा भिल्लारियलले लेभान्टेलाई २–१ तथा रियल भालाडोलिडले गेटाफेलाई १–० ले पराजित गर्दा रियल बेटिस र सेभिल्लाले १–१ को बराबरी खेलेका छन्। एजेन्सी
Facebook Comments


























