लमही, पुस १८ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपीएफले प्रतिस्पर्धा गर्दैछन्। दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दैछ । एपीएफले सदूरपश्चिमविरुद्ध केही बेरमा बलिङ थाल्ने छ।
खराव मौसमका कारण खेल १६ ओभरमा घटाइएको छ। मैदानमा हुस्सु लागेका कारण खेलको ४ ओभर घटाइएको हो। आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहनेछ। साविकको विजेता भएका हिसावले एपीएफ आजको खेलमा जित निकाल्दै प्रतियोगिताको फाइलनमा आफूलाई स्थान बनाउने योजनामा हुनेछ।
यता, सुदूरपश्चिम प्रदेश पनि आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा हुनेछ। दुबै टोली प्रतियोगिताको उपाधि दावेदारको रुपमा रहेका छन्।
Facebook Comments


























