पुस १७ । आईसीसीको टेष्ट ब्याटिङ्ग वरियतामा न्युजिल्याण्डका कप्तान केन विलियमसन शीर्ष स्थानमा उक्लिएका छन्। विराट कोहलीलाई पछि पार्दै कप्तान विलियमसन टेष्ट वरियताको नम्बर एकमा उक्लिएका हुन्। पछिल्लो वरियतामा कोहली दोस्रो र अष्ट्रेलियाका भेट्रान स्टिभ स्मिथ तेस्रो स्थानमा रहेका छन्।
भारतका कप्तान कोहलीसंग ८ सय ७९ रेटिङ्ग प्वाइन्ट रहेको छ। यस्तै, स्मिथसंग ८ सय ७७ रेटिङ्ग प्लाइन्ट रहेको छ। सन् २०२० मा विलियम्सले ४ टेष्ट म्याच खेले। उनले यसको दौरान ४ सय ९८ रन बनाए। यस वर्ष उनको औसत ८३ रहन पुग्यो। यस वर्ष विलियमसनले २ शतक र १ अर्धशतक प्रहार गर्न सफल भए।
शीर्ष ३ ब्याट्सम्यानसंगै चौथो नम्बरमा मार्नस लाबुशाने चौथो नम्बरमा रहे। टेष्टको बलिङ्ग वरियतामा प्याट कमिन्टस शीर्ष स्थानमा रहे। स्टुअर्ट बर्ड दोस्रो स्थानमा रहे। एजेन्सी
Facebook Comments


























