दाङ, पुस १५ । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले गण्डकी प्रदेशलाई १५४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरको छ। बुधबार दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको वाग्मतीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनायो।
वाग्मतीका लागि विन्दु कटवालले सर्वाधिक ३८ रनको योगदान गरिन्। सुमन खतिवडाले ३१ रन बनाउँदा कञ्चन श्रेष्ठले २७ तथा आरती विडारीले १० रन जोडिन्। बलिङतर्फ गण्डकीका लागि अलिसा लामिछानेले २ विकेट लिइन्। आजको खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगितामा आफ्नो स्थान बनाइराख्न चाहन्छन्।
Facebook Comments


























