पुस १५ । घरेलु टोली न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो टेष्ट १०१ रनले जितेको छ। न्युजिल्याण्डले दिएको ३७३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पाकिस्तानले दोस्रो इनिङ्समा अलआउट हुँदै २७१ रन बनाएपछि न्युजिल्याण्ड विजयी भएको हो।
जितपछि न्यजुिल्याण्डले दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। यस्तै टेष्ट वरीयताको शीर्ष स्थानमा रहेको अष्ट्रेलियालसँग पनि न्यजुिल्याण्डले दूरी घटाएको छ र पाकिस्तान विरुद्ध सिरिज जिते शीर्ष स्थानमा उक्लने आईसीसीले जनाएको छ।
फवाद आलमले शतक र विकेटकिपर कप्तान मोहम्मद रिजवानले अर्धसतक प्रहार गरेपनि पाकिस्तानलाई हारबाट जोगाउन सकेनन्। फवाद आमले १०२ रन बनाए भने रिजवानले ६० रन जोडे।
पाकिस्तानले ७१/३ बाट पाँचौ तथा अन्तिम दिनको खेल अघि बढाएको थियो। अजर अली ३४ र फवाद २१ ले इनिङ्स अघि बढाएका थिए। खेलमा हार टार्नका लागि पनि पाकिस्तानले कम्तीमा दिनभर ब्याटिङ गर्नुपर्ने थियो। तर न्युजिल्याण्डका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानले अन्तिम दिन ७ विकेट गुमायो र २०० रन मात्र थप्न सक्यो।
फवाद र रिजावन क्रिजमा रहँदा सम्म पाकिस्तान उत्कृष्ट लयमा थियो। तर यी दुईको विकेट गुएपछि पाकिस्तानी इनिङ्स धरासयी बन्यो। अन्तिम दिन अजर अली थप ४ रन जोड्दै व्यक्तिगत ३८ रन बनाएर आउट भए। त्यसपछि कप्तान रिजवा ६० रन बनाएर आउट भए भने फवादले १०२ रन जोडेर आउट भए।
त्यसपछि फहिम अस्रफ १९ रनमा आउट हुँदा मोहम्म अब्बास र नसिम शाह समान १ रनमा आउट भए भने यासिर शाहले खाता खोल्न सकेनन्। शाहिन अफ्रिदी ८ रनमा अविजित रहे।
अन्तिम दिन न्युजिल्याण्डका लागि निल वाग्नर, केल जेमिसन र मिचेल सान्टनरले २-२ विकेट लिए। यस्तै अजर अलीको विकेट लिएका ट्रेन्ट बोल्टले पनि समग्रमा २ विकेट लिए। टिम साउदीले चौथो दिनमै विकेट लिएका थिए।
माउन्ट माउनगानुईस्थित बे ओभलमा टस हारेर पहिले ब्याटिङ गरेर न्युजिल्याण्डले पहिलो इनिङ्समा कप्तान केन विलियमसनको सतक मद्दतमा ४३१ रन बनाएको थियो। यस्तै पाकिस्तानले पहिलो इनिङ्समा फहिम अस्रफको ९१ रन मद्दतमा २३९ रन बनाएको थियो। न्युजिल्याण्डले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर १८० रन बनाउँदै इनिङ्स डिक्लेयर गरेको थियो। न्युजिल्याण्डका कप्तान विलियमसन म्यान अफ दि म्याच घोषित भए। एजेन्सी


























