लमही, पुस १५ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा अहिले प्रदेश नम्बर–१ र सुदूूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दै छन्। दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै छ। मौसमका कारण खेल केही समय ढिला सुरु भएको छ।
दुई टोलीबीचको खेल १६ ओेभरको हुने भएको छ। आजको खेलमा जित निकाल्दै दुवै टोली सेमिफाइनलनजिक पुग्ने योजनामा छन्। दुवै टोलीले पहिलो खेलमा सहज जित हासिल गरेका थिए। सुदूरपश्चिमले गण्डकी प्रदेशलाई हराएको थियो। प्रदेश–१ ले वाग्मती प्रदेशविरुद्ध सहज जित निकालेको थिय।
Facebook Comments


























