दाङ, पुस १२ । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई रनको लक्ष्य दिएको छ। मौसमका कारण १३ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ५ विकेट गुमाउँदै मात्र ३४ रन बनाउन सफल भयो।
कर्णालीका लागि दिक्षा पूरीले सर्वाधिक ८ रन बनाउन सफल भइन्। त्यस्तै अन्सु साक्यले ७ रन बनाइन्। तिर्सना विश्वकर्मा, मोनिका ररानाले २–२ रन बनाइन्। बलिङतर्फ लुम्बिनीका लागि कप्तान नेरी थापाले दुई विकेट लिइन्। आजको खेलमा जित निकाल्दै लुम्बिनी प्रतियोताको सेमिफइनल प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश दुईलाइ हराएको थियो। त्यस्तै कर्णाली पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो।
Facebook Comments


























