काठमाडौं, पुस १२ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आज (आईतबार) दुई खेल हुँदैछ। समूह ए अन्तर्गत दोस्रो चरणको खेलमा कर्णाली र लुम्बिनी तथा आर्मी र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ। दाङ्गको लमहीमा जारी प्रतियोगिताको पहिलो खेलमा कर्णाली र लुम्बिनी प्रदेश भिड्नेछन्।
पहिलो खेलमा लुम्बिनीले प्रदेश नम्बर २ माथि ९ विकेटको शानदार जित निकालेको थियो। कर्णाली भने एपीएफसंग २ सय ४ रनले पराजित भएको थियो। अघिल्लो चरण प्रवेशका लागि दुवै टिम जित निकाल्ने लक्ष्य सहित मैदान उत्रनेछन्। दोस्रो खलमा एपीएफ र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ। एपीएफले पहिलो खेलमा कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको थियो भने प्रदेश २ लुम्बिनी प्रदेशसंग पराजित बनेको थियो।
प्रतियोगिताको दाबेदार एपीएफ दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ। प्रदेश २ प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ। तालिकामा लुम्बिनी र एपीएफले समान ३ अंक जोडेका छन्। प्रदेश २ र कर्णाली अंक विहिन छन्।


























