काठमाडौं, पुस १२ । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो। यस दिन तेजाबी सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो। महासंघका अनुसार, आइतवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
Facebook Comments


























