लहान, पुस ११ । वन कर्मचारीको गस्ती टोलीले सिरहाको गोलबजार–३ गोलामुक्सारबाट काठ बरामद गरेको छ। सबडिभिजन वन कार्यालय गोलबजार चोहर्वाबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ४० थान साखुको चिरान काठ बरामद गरेको हो।
लुकाइछिपाइ राखेको अवस्थामा शुक्रबार उक्त काठ बरामद भएको सबडिभिजन वन कार्यालय गोलबजारका फोरेष्टर कासिन्द्र यादवले जानकारी दिए। बरामद काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लहान पठाएको उनले बताए। बरामद काठ कसको र के प्रयोजनका लागि राखेको अझै खुल्न नसकेको जनाइएको छ। रासस
Facebook Comments

























