चितवन, पुस ११ । चितवनको भरतपुर अस्पतालमा आँखा रोग उपचार सेवा सुरु हुने भएको छ। अस्पतालका अनुसार यहीँ पुस महिनाभित्र आँखाको उपचार सेवा सुरु गर्न लागिएको हो। त्यसका लागि आवश्यक पर्ने सामाग्रीहरु किन्ने प्रकृया सुरु भैसकेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए।
अस्पतालमा आँखा उपचार सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयले छात्रवृति कोटामा दुईजना चिकित्सकलाई भरतपुर अस्पतालमा पठाइसकेको छ। अस्पतालका मेसु डा.तिवारीले सुगर, प्रेसर लगायतका बिरामीको आँखाको सामान्य उपचारमा समेत बाहिर पठाउनुपर्ने भएकोले आँखा सेवा सुरु गर्न लागिएको बताए।
Facebook Comments


























