लहान, पुस ११ । ज्यान मार्ने उद्योग र अङ्गभङ्गलगायतका मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ निवासी ४० वर्षीय खगेश्वर गोहिवार रहेको प्रहरीले जनाएको छ।
ज्यान मार्ने उद्योग, अङ्गभङ्ग र अभद्र व्यवहार मुद्दामा फरार उनीलाई सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। पक्राउ परेका गोहिवारविरुद्ध ज्यान मार्ने ती मुद्दा दर्ता रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिए। रासस
Facebook Comments


























