काठमाडौं, पुस ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दाहाल–नेपाल समूहले वैधानिकता पाउनेमा शंका व्यक्त गरेकाछन्। अध्यक्षद्वय पुष्पकमल दाहाल र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको उनको तर्क छ।
तत्कालीन समयमा निर्वाचन आयोगले प्रचण्डकै प्रत्यक्ष दबाबमा बिना प्रमाण राप्रपा विभाजनको घोषणा गरिदिएको आरोप लगाउँदै उनले अहिले दाहाल–नेपाल समूहलाई त्यस्तै हुनसक्ने आशंका गरे।
वि.स. २०६३ सालपछि काँग्रेस र कम्युनिस्टहरुले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागबण्डा गरेर पार्टी निकट व्यक्ति राखेकाले अपवादबाहेक न्याय दुर्लभ भएको उनको भनाइ छ।
Facebook Comments


























