पुस १० । फिफाले सन् २०२१ मा आयोजना हुने यु–१७ र यु–२० विश्वकप रद्ध गर्ने निर्णय गरेको छ। कोरोनाको कारण देखाउँदै फिफाले बिहिबार उमेर समुहका दुई ठुला प्रतियोगिता रद्ध गर्ने निर्णय लिएको हो। यु–१७ विश्वकप पेरु र यु–२० विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो। फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३ मा आयोजना गर्ने जानकारी दिएको छ।
‘कोभिड–१९ महामारीले अन्तराष्ट्रिय खेल आयोजनाका लागि चुनौती दिएको छ। र अन्तराष्ट्रिय यात्रामाथि प्रतिबन्धको अवस्था सिर्जना गरेको छ।’ फिफाले भनेको छ, ‘फिफाले यस विषयमा नियमित रुपमा परामर्श गरेको छ। जसमा सन् २०२१ मा हुने दुवै प्रतियोगितामा सहभागी संघ सहभागी छन्।’ ‘वर्तमान विश्व अवस्था अनुसार दुवै प्रतियोगिता आयोजना गर्न चुनौती देखिएको छ।’ फिफाले भनेको छ। एजेन्सी
Facebook Comments


























