काठमाडौं, पुस १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जाने भएपछि आयोग क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। केही नेताबाहेक अन्यलाई जमलमै रोक्ने तयारी भएको छ। सोहीअनुसार ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। माइतीघरको प्रदर्शनपछि सो पक्षका नेता कार्यकर्ता मध्यान्ह १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम तय गरिएको छ।
अहिले योपक्षका शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु माइतीघरको सडकमै बसेर संसद विघटनविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन्।
Facebook Comments


























