काठमाडौं, चैत्र ७ । कोरोना भाइरसको सङ्क्रमणको सतर्कताका स्वरुप नेपाल पर्यटन बोर्डले आज शुक्रबारदेखि विदेशी पर्यटकलाई पदयात्रामा रोक लगाएको छ।
कोरोना भाइरसको जोखिम बढ्दै गएकाले अर्को सूचना नआउँदासम्मका लागि पदयात्रामा रोक लगाएको संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए।
अहिले पदयात्राका लागि मुख्य सिजन भए पनि कोरोनाको जोखिमका कारण बन्द गरेको उनले बताए।
Facebook Comments


























