काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बेलुका ६ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए। गत पुस ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
यसैबीच प्रधानमन्त्री ओलीले चाँडै रिक्त पदमा मन्त्रीहरु नियुक्ति गर्ने तयारीसमेत गरेका छन्। ‘भोलि वा पर्सीभित्रमा रिक्त पदमा मन्त्रीहरु नियुक्त गर्ने तयारी छ,’ प्रधानमन्त्री निकट श्रोतले भन्यो, ‘मन्त्रिपरिषद्लाई पूर्णता दिएर सरकार अघि बढ्छ।’ बिहीबार बालुवाटारमा बसेको ओली समुहको केन्द्रीय समिति बैठकपछि परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् विस्तार गर्ने रहेको बताएका थिए।
Facebook Comments


























