काठमाडौं, पुस १० । प्रधान न्यायाधीश चोलेन्द्र शंशेर राणाले संवैधानिक इजलासको रोष्टर नै परिवर्तन गरेका छन्। प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज हुने संवैधानिक इजलाश अघि प्रधानन्यायाधी राणाले रोष्टर परिवर्तन गरेका हुन्।
५ जनाको इजलासमा वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र मिरा खडकालाई हटाएर न्यायाधीशहरु अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई राखेका हुन्। सिन्हा प्रधानन्यायाधीश राणाको ल फर्मका पार्टनर हुन् भने केसी राणाका यसम्यान। यसो गर्दा इजलासमा राणाको बहुमत बन्ने निश्चत भएको छ।
गत बुधवार प्रधान न्यायाधीश राणाको एकल बेन्चले संसद विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै दर्ता गरिएका दर्जन रिट संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको थियो।
संवैधानिक इजलाशमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश हुन्छन्। संवैधानिक इजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान छ। सो फैसला उपर पुनरावलोकन हुँदैन। संवैधानिक इजलाशले संसद विघटनबारे अन्तरिम आदेश दिनसक्ने कानुनविद्हरुले बताइरहेका बेला रोष्टर नै परिवर्तन गरेपछि यसबारे चलखेल हुनसक्ने कानुनविद्हरुले बताएका छन्।


























