काठमाडौं, पुस १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेको छ। शुक्रबार बिहान संसद् विघटनविरुद्ध प्रदर्शन गरिएको हो। प्रदर्शनमा उत्रिएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नाराबाजी गरेका छन्।
उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा नै आधिकारिक भएको दाबी गरे। देशभर पार्टीको मूल स्वरुपमा कुनै परिवर्तन नभएको उनीहरुको भनाइ छ। संसद् विघटनपछि नेकपा दुई समूहमा देखिएको छ। दुवै समूहले आफू आधिकारिक भएको दाबी गरिरहेका छन्। दिनहुँ प्रदर्शन पनि भइरहेको छ।
Facebook Comments


























