चितवन, पुस ६। पूर्वपधानमन्त्री डा. बाबुराम भट्टराईले वैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन्। उनले देश अँध्यारो सुरूङमा फसिसकेको समेत जिकिर गरेका छन्।
सोमबार ट्विट गर्दै उनले संवैधानिक उपचारको झिनो आशा भने रहेको उल्लेख गरेका छन्। ‘तर भर गर्न सकिन्न,’ उनले लेखेका छन्।
उनले देशको स्थिरता र समृद्धिको दिगो उपचार राजनीतिक नै रहेको औंल्याएका छन्। यसका लागि उनले दुई उपायसमेत सुझाएका छन्। जसमा पहिलो संगठित/एकीकृत/सशक्त जनप्रतिरोध र दोस्रो जनतामा निहित सार्वभौमसत्ताको प्रयोग भएको प्रतिनिधिसभाको बैठक छन्।
Facebook Comments


























