चितवन पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चालेको कदमको विरोधमा नेकपाको जनवर्गीय संगठनले भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन गरेको छ। सरकारले जनताको चाहनाअनुसार काम गर्नुपर्नेमा जनविरोधी काम गरेकोले आन्दोलन गर्न बाध्य भएको युवा संघ चितवनका संयोजक मधू न्यौपानेले बताए।
‘जनताले नै दिएको अधिकार खोस्ने काम प्रधानमन्त्रीबाटै भएको उनले आरोप लगाए। गणतन्त्रलाई नै सकाउने गरी संविधानको मर्मविपरित काम गरेकोले हामीले सांकेतिक विरोध जनाएका हौँ,’ उनले भने। उनीहरुले चौबीसकोठीमा करिब आधा घण्टासम्म सरकारलाई खबरदारी गर्दै नाराबाजी गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गरेपछि चौतर्फी आलोचना भइरहेको छ।

Facebook Comments


























