काठमाडौं, पुस ४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टिम आबूधाबीले पाएको नयाँ भूमिकाले उत्साहित भएको बताएका छन्। गतवर्ष टी-टेन लिगमा टिम आबूधाबीमा खेलाडीको रुपमा रहेका पारसलाई यस पटक इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरिएपछि उनी उत्साहित भएका हुन्। पारसले अव उदयमान युवा प्रतिभा खेलाडीलाई टी-टेनमा खेल्ने अवसरसमेत प्रदान गर्ने जिम्वारी पनि पाएका छन्। यसमा नेपाली खेलाडीले मौका पाउन सक्ने ठानिएको छ।
‘टिम आबूधाबीले मैले पाएको नयाँ भूमिकाले म म उत्साहित छु। नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा वृद्धि हुने माध्यम बन्नेमा आशा छ। टिम आबूधाबीमा हाम्रा क्रिकेटरहरुलाई थप अवसर मिल्ने छ’, पारसले सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै भनेका छन्। टी-टेन लिग आगमी जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने छ।
Facebook Comments


























