कपिलवस्तु, १६ साउन। कपिलवस्तुमा सत्तारुढ समाजवादी पार्टीका नेतामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको हो। शुद्धोधन–५, हथिहवा निवासी यादवको कुममा गोली लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेका हुन्। यादवमाथि गोली प्रहार गर्नेहरूको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। गोली लागेर घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।