पुस ३ । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो ईनिङ्समा भारत २ सय ४४ रनमा अलआउट भएको छ। २ सय ३३ मा ६ विकेट गुमाएर दोस्रो दिनको खेल थालेको भारतले ११ रन जोड्न बाँकी ४ विकेट गुमाउन पुग्यो।
रिद्धिमान शाह ९, रविचन्द्रन आश्विन १५, उमेश यादव ६ र मोहमद सामी शुन्य रनमा आउट भए। जसप्रीत बुम्राहा ४ रनमा अविजित रहे। टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिन ६ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । भारतीय टिमका लागि विराट कोहलीले ७४ र चेतेश्वर पुजाराले ४३ रन बनाए। अष्ट्रेलियाको तर्फबाट मिसेल स्टार्कले सबैभन्दा बढी ४ विकेट झारे। एजेन्सी
Facebook Comments


























