पुस ३ । वायन रोनीका छोरा समेत बुवाको पदचाप पछ्याउँदै म्यान्चेष्टर युनाईटेडमा आबद्ध भएका छन्। ११ वर्षिया काईले म्यान्चेष्टर युनाईटेडसंग हस्ताक्षर गरेको फोटो रोनीले सार्वजनीक गरेका छन्।
वायन रोनीले सन् २००४ देखि २०१७ सम्म म्यान्चेष्टर युनाईटेडका लागि खेलेका थिए। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गर्वको दिन। काईले म्यान युसंग हस्ताक्षर गरेका छन्। मेहनत जारी राख छोरा।’
तस्विरमा काईले कागजमा हस्ताक्षर गरेका छन् भने छेउमा बुवाको १० नम्बरको जर्सी राखिएको छ। सोही नम्बरको जर्सी वायनले युनाईटेडमा लगाउने गर्दथे। ईङ्ल्याण्डका पूर्व अन्तराष्ट्रिय खेलाडी रोनी म्यान युका सर्वाधिक गोलकर्ता हुन्। उनले ५ सय ५९ खेलमा युनाईटेडका लागि २ सय ५३ गोल गरेका छन्। एजेन्सी
Facebook Comments


























