पुस ३ । डोपिङ काण्डमा मुछिएको रुसले आगामी दुई वर्षको मुख्य खेल प्रतियोगिता गुमाउने भएको छ। विश्व खेलकुदको सर्वोच्च न्यायिक संस्था ९कास०ले रुसमाथि लागेको चार वर्षको प्रतिबन्धलाई दुई वर्षमा झारिएको छ। तर पनि कासको निर्णय अनुसार रुसले दुई वर्ष मुख्य खेल स्पर्धामा सहभागी हुन पाउने छैन। प्रतिबन्ध अनुसार रुसले जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिक र सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल समेत गुमाउनेछ।
विश्वको एन्टी डोपिङ एजेन्सीले प्रारम्भिक रुपमा रुसलाई चार वर्षको प्रतिबन्धको प्रस्ताव गरेको थियो। तर कासको पछिल्लो निर्णयले प्रतिबन्धलाई दुई वर्ष घटाएको हो। कासको निर्णयसंगै रुसमाथिको प्रतिबन्ध सन् २०२२ को डिसेम्बर १६ सम्म लाग्नेछ। रुसले बेईजिङमा फेब्रुअरीमा हुने विन्टर ओलम्पिक समेत खेल्न पाउने छैन।
रुसले अर्को वर्ष हुने युरोकपमा भने सहभागी हुन सक्नेछ। यस वर्ष हुने प्रतियोगिता कोरोनाको संक्रमणका कारण अर्को वर्ष सरेको छ। युरोपेली क्लब फुटबलको सर्वोच्च संस्था (यूईएफए) लाई मुख्य खेल संस्थाको रुपमा एन्टी डोपिङ एजेन्सीले परिभाषित गरिएको छैन।
प्रतिबन्धको अवधिमा रुसले अन्तराष्ट्रिय खेल स्पर्धा समेत आयोजना गर्न पाउने छैन। डोपिङमा नपरेका रुसी खेलाडीले भने तटस्थ झण्डामा ओलम्पिकमा सहभागीता जनाउन पाउने छन्।
करिब १ सय ६८ एथ्लेटिक्सका खेलाडीले सन् २०१८ को विन्डर ओलम्पिकमा तटस्थ झण्डा मुनी खेलेका थिए। रुसलाई सन् २०१५ देखि एथ्लेटिक्सको प्रतियोगितामा प्रतिबन्ध गरिएको हो। एजेन्सी


























