चितवन, मंसिर ३० । चितवनमा जारी गौतम बुद्ध कपको फाइनल खेलमा राप्तीले नारायणीलाई १४४ रनको लक्ष्य दिएको छ। भारतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रहेको नमुना मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रनको लक्ष्य दिएको हो।
राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको योगदान गरे। त्यस्तै विनोद भण्डारीले नटआउट २८ रन बनाउँदा अमित श्रेष्ठ १८ तथा शरद भेषावकरले १० रन बनाउन सफल भए। त्यस्तै बलिङतर्फ नारायणीका लागि साहब आलमले सार्वाधिक तीन विकेट लिए। त्यस्तै सुशन भारीले दुई विकेट लिए।
आजको खेलमा जित निकाल्दै दुवै टोली उपाधि जित्ने योजनामा छन्। विनोद भण्डारीको कप्तानीमा टिम राप्ती छ भने करण केसीको कप्तानीमा टिम नारायणी छ।
Facebook Comments


























