मंसिर ३० । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि-क्वाटरफाइनलको ‘ड्र’ सार्वजनिक भएको छ। यूईएफएले सोमबार अन्तिम १६ को ‘ड्र’ सार्वजनिक गरेको हो।
सार्वजनिक ‘ड्र’ अनुसार स्पेनिस क्लब बार्सिलोनाले क्वाटरफाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ। साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोसँग खेल्नेछ।
स्पेनको रियल मड्रिडले इटालीको एट्लान्टासँग खेल्दा बोरुसिया डर्टमण्डले सेभियासँग खेल्नेछ। इंग्लिस क्लब लिभरपुलले जर्मनीको आरबी लाइपजिगसँग खेल्नेछ। त्यस्तै इटालीको युभेन्ट्सले पोर्चुगिज क्लब पोर्टोसँग खेल्दा चेल्सीले एट्लेटिको मड्रिडसँग खेल्नेछ। म्यानचेस्टर सिटीले बोरुसिया मोन्चेनग्लाडवाकसँग खेल्नेछ।
अन्तिम १६ अन्तर्गतको पहिलो लेग खेल फेब्रुवरी १६, १७, २३ र २४ मा हुनेछ। त्यस्तै दोस्रो लेग मार्च ९, १०, १६ र १७ मा हुनेछ। एजेन्सी


























